६ असार २०८२, बिहीवार

राेशि गाउँपालिकामा भारतिय फाेर्स र सुमाे दुर्घटना ,बालक सहित पाँच जनाकाे मृत्यु

धुलिखेल– काभ्रेको रोशी गाउँपालिका ११ मा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । काठमाडौँ बाट भारततर्फ तीर्थयात्री लिएर जादै गरेको भारतीय नंवर प्लेटको यात्रुवाहक UP58T8181 नंवरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको ना १ ज ४२१० नंवरको टाटसुमो एक आपसमा जुधेर दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० बर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ बर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् । दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति: २१ वैशाख २०७९, बुधवार १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु