सहकारी छानबिन समितिको प्रतिवेदन तयार, भोलि बुझाउने तयारी

काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन करिब तयार भएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन लेखन कार्यलाई अन्तिम चरणमा पुराएको छ ।
आइतबार प्रतिवेदनलाई तयार गरेर समितिले सोमबारको प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी गरेको हो ।




