स्मार्ट हेल्थ नेपालको स्वास्थ्य सम्बन्धी एप सार्वजनिक
http://bit.ly/3vr38LN

- स्मार्ट हेल्थ नेपालले बहुउपयोगि स्वास्थ्य सम्बन्धी एप सार्वजनिक गरेको छ ।
http://bit.ly/3vr38LN
स्मार्ट हेल्थ नेपालले आफ्नो एप मार्फत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो एप डिजिटल प्ल्याटफर्ममा प्रकाशन गरेको छ । आज एक कार्यक्रमका विच सँस्थाले आफ्नो एप प्रकाशित गरेको छ । स्वास्थ्य सँग सम्बन्धित विभिन्न समस्याहरुलाई छिटो , सजिलो , सरल र सहज ढङ्गले डिजिटल प्ल्याटफर्मको माध्यमबाट सम्पुर्ण नागरिकलाई स्वास्थ्य परामर्श तथा सेवा उपलब्ध गराउन यो स्मार्ट एपले सहयोग पुर्याउने सँस्थाका अध्यक्ष तथा संस्थापक जितेन्द्र कुमार थापाले जानकारि दिनुभयो ।
विभिन सेवा तथा फिचर रहेको यस एपमा व्यक्तिले तथा विरामिले बिभिन्न सेवा तथा सुविधा उपभोग गर्न सक्नेछ ।
आफ्नो क्षेत्र वरिपरिका अस्पतालहरु , औषधि पसल तथा फार्मेसीहरु , एम्बुलेन्स सेवाहरु , औषधि सम्बन्धित ज्ञानहरु , रक्त सेवा प्रदान गर्दै आएका अस्पतालहरु तथा बिभिन्न स्वास्थ्य सम्बन्धी फिचरहरु यस एपमा पाउन सकिनेछ ।
स्मार्ट हेल्थ नेपालका विशेषताहरु
# नजिकैको अस्पताल
# नजिकैको फार्मेसी/ औषधि पसल
# नजिकैको एम्बुलेन्स
# मेडिकल डिक्सनेरी (मेडि इन्डेक्स)
IBW :- Ideal Body weight
BMI:- BODY MASS INDEX रहेका छन् ।
आफ्नो क्षेत्र वरिपरि कति दुरिमा स्वास्थ्य सँस्था एवम् अस्पतालहरु छन् , कति समय लाग्छ भने जानकारि दिने यस मोबाइलको अस्पताल फिचरले विरामालाइ चाँडै नै समयको बचत गरि अस्पताल पुग्न मद्दत गर्दछ। जसको लागि तपाइले स्मार्ट हेल्थ नेपालको अस्पताल फिचरमा गएर अन्य अस्पताल सम्बन्धि सेवाहरु हेर्न र उपयोग गर्न सक्नुहुनेछ ।
IBW :- ideal body weight
स्मार्ट हेल्थमा रहेको IBW फिचरमा क्लिक गरि तपाइले आफ्नो उमेर अनुसार तपाइको तौल कति हुनु पर्छ भनि थाहा पाउन सक्नुहुनेछ ।
B.M.I
स्मार्ट हेल्थमा रहेको B.M.I फिचरमा क्लिक गरि तपाइले आफ्नो शरिरको उचाइ अनुसारको तौल body mass index को बारेमा जानकारी प्राप्त गन सक्नु हुनेछ । जसले गर्दा आफ्नो शरिरको हाइट अनुसारको तौल बनाउन प्रेरणा समेत तपाइलाइ मिल्नेछ ।
एम्बुलेन्स
स्मार्ट हेल्थ नेपालमा रहेको एम्बुलेन्स फिचरमा क्लिक गरेर तपाइले नेपालका एम्बुलेन्सको बारेमा जानकारि प्राप्त गर्न सक्नु हुनेछ । अत्ति आवश्यक परेको बेलामा अस्पताल जान चाहिने सवारि साधन एम्बुलेन्स मगाउन पनि सक्नुहुनेछ । एम्बुलेन्स जस्तो तत्काल चाहिने साधन , तपाइको नजिकमा कुन रहेछ भनेर हेरि कल गरेर बोलाइहाल्न सक्नुहुनेछ । जसले गर्दा बिरामिलाइ जति सक्दो चाँडो अस्पताल लान सकिन्छ र बिरामिलाइ मृत्युको मुखबाट बचाउन सकिन्छ ।
मेेडि इन्डेक्स
स्मार्ट हेल्थमा रहेको मेडि इन्डेक्स फिचरमा क्लिक गरि तपाइले औषधिको बारेमा सम्पुर्ण जानकारी प्राप्त गर्न सक्नु हुनेछ। औषधि कुन कम्पनिको हो ? अरु कुन कुन कम्पनिको आउदँछ ? खाने तरिका कसरि हो ? औषधिमा के के मिलेर बनेको छ जस्ता सबै कुराहरु मेडि इन्डेक्स फिचरवाट जानकारी लिन सक्नुहुनेछ । मेडि इन्डेक्समा औषधिको सम्पुर्ण विवरण जस्तै ( Generic name , Brand name , composition, dose route , indications , contraindications, drug interactions) लगायत थुप्रै जानकारी प्राप्त गर्न सक्नु हुनेछ। विशेषतः फार्मासिस्ट , मेडिकल विद्यार्थीका साथै मेडिकल प्रोफेसनलहरुका लागि स्मार्ट हेल्थ इन्डेक्स एकदमै उपयोगि रहेको छ ।
मानिस विरामि भइरहेको समयमा रगतको कुरा पनि बारम्बार आइरहन्छ । त्यो समयमा तपाइको वरिपरि रगत प्रदायक अस्पतालहरु तथा व्यक्तिहरु को को छन् त्यो सम्बन्धित जानकारि तथा सेवा पनि यो एपले दिनेछ । एक व्यक्तिले समयमा रक्त दान गरेमा ३ जना व्यक्तिहरुको जिवनमा सहयोग पुग्ने अवस्था सिर्जना हुन्छ । त्यसकारणले यदि कोहि व्यक्ति स्मार्ट रक्तदाता बन्न इच्छुक हुनुहुन्छ भने एपमा गई स्मार्ट बल्ड डोनरमा गइ रजिस्टर गरि आफु सहित अरु दुइ जनाको जीवन जोगाउन सकिनेछ ।
स्मार्ट हेल्थ नेपाल विज्ञापन सर्भिस्
औषधि व्यवसाय साथिहरु तथा फार्मेसीस्टजरु के तपाइ आफ्नो सेवा सहितको व्यापार बढाउन चाहानुहुन्छ ? चाहानुहुन्छ भने स्मार्ट हेल्थ एप डाउनलोड गरि ,add सर्भिसमा गई आफ्नो व्यवसाय विवरण भर्नुहोस् र सेभ गरि निशुल्क रुपमा आफ्नो सेवा सहितको व्यापार बढाउनुहोस् । यसरि आफ्नो व्यवसायको विवरण भरिसकेपछि स्मार्ट हेल्थ नेपालले प्रमाणित गरिसकेपछि तपाइको व्यवसायलाई स्मार्ट हेल्थ एपले लोकेशन सहित आफ्नो ग्राहाक सामु पुर्याउँदछ । जसले गर्दा तपाइले आफ्नो सेवा सहितको व्यापार लाइ वढाउन सक्नु हुनेछ । त्यसैले आजै स्मार्ट हेल्थ नेपाल एप डाउनलोड गर्नुहोस् र add service मा गइ आफ्नो व्यवसायको विवरण भर्नुहोस् ।
अत्यावश्यक सेवा भित्र पर्ने अस्पताल , एम्बुलेन्स , ब्लड बैंक , औषधि पसल र औषधिहरुको बारेमा सजिलै जानकारि प्राप्त गर्नको लागि स्मार्ट हेल्थ नेपालको एप एकदमै उपयोगि र भरपर्दो रहेको आयोजना प्रबन्धक मनिषा श्रेष्ठले जानकारि दिनु भएको छ ।
स्मार्ट हेल्थ एउटा स्मार्ट मोबाइल एप्लिकेसन हो , जसले स्वास्थ्य सँग सम्बन्धित विभिन्न समस्याहरुलाई छिटो , सजिलो , सरल र सहज ढङ्गले डिजिटल प्ल्याटफर्मको माध्यमबाट सम्पुर्ण नागरिकलाई स्वास्थ्य परामर्श तथा सेवा उपलब्ध गराउदँछ । आम नागरिकहरुलाई अत्यावश्यक सेवा भित्र पर्ने आम चासोको बिषय जस्तै :- अस्पताल , चिकित्सा सेवा , औषधि पसल , रक्त दाता , रक्त सेवा सञ्चालन गरिरहेका अस्पताल , स्वास्थ्य सँस्था र बिरामिहरुलाइ एकअर्कामा जोड्ने पुलको काम यो एप्लिकेशबाट निशुल्क रुपमा उपलब्ध हुनेछ ।
तसर्थ तपाइको सुस्वास्थ्यको कामनाका लागि निरन्तर सेवामा रहेको SMART HEALTH NEPAL आजै गुगल प्ले स्टोरमा गइ डाउनलोड गर्न सक्नुहुनेछ ।
जसको लागि तलको लिन्कमा क्लिक गरि डाउनलोड गर्न सक्नुहुनेछ ।
http://bit.ly/3vr38LN
साथै थप जानकारीका लागि सम्पर्क नम्बर ०११-४४५९६० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
र सँस्थाको वेवसाइट
www.smarthealthnepal.com
मा गइ हेर्न सक्नुहुनेछ ।
साथै फेसबुक पेज https://www.facebook.com/smarthealthnepal/
मा समेत हेर्न सक्नु हुनेछ ।
प्रकाशित मिति: २ चैत २०७८, बुधवार १७:५८ बजे