२१ असोज २०८१, सोमवार

शङ्कास्पद मृतक सुत्केरीको गाउँमा प्रहरीले सुरक्षालाई कडाइ गर्‍यो

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको उपचारको क्रममा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर धुलिखेल अस्पतालमा मृत्यु भएपछि बाह्रबिसे नगरपालिकामा लक डाउन थप कडाइ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव काप्लेले दिनु भएको जानकारी अनुसार बा¥हबिसे नगरपालिका छिर्ने सिमानामा प्रहरी थप परिचालन गरिएको छ ।

गाउँका कसैलाई कत्तै जान नदिन प्रहरीले थप कार्य अघि बढाएको छ । मृतकको चालिसे गाउँमा प्रहरी परिचालन गरी घर बाहिर निस्कन नदिने बताइएको छ ।

इलाका प्रहरी कार्यालय बा¥हबिसे का प्रहरी निरीक्षक नवराज न्यौपानेले आउजाउ गर्ने सबै बाटोमा प्रहरीले उच्च निगरानी बढाएको बताउनुभयो ।

सुत्केरी महिलाको पीसीआर रिपोर्टको आधारमा गाउँ सिल गर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति: ३ जेठ २०७७, शनिवार १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु