११ चैत २०८१, सोमवार

नेपालको क्रिकेट विश्वकप छनौट प्रतियोगितामा बिजयी यात्रा कायमै: कुशल भुर्तेलको आक्रमक शतकका साथ फिलिपिन्स १३६ रनले पराजित

सुबोध धिमाल, काभ्रे |

हाल चलिरहेको आइसिसी क्रिकेट टि-२० विश्वकपको छनौट प्रतियोगिताको समुह ‘बि’ मा रहेको नेपालले आफ्नो बिजयी यात्रा कायमै रहेको छ | पहिलो खेलमा आयोजक ओमनलाइ ३९ रन बाट पराजित गर्दै आफ्नो बिजयी यात्रा सुरु गरेको नेपाली क्रिकेट टोलिले दोस्रो खेलमा फिलिपिन्सलाइ १३६ रन ले हराउन सफल भएको छ |

टस जितेर बलिङ्ग रोजेको फिलिपिन्सले नेपाली ब्याट्सम्यानहरुको आक्रमक ब्याटिंग रोक्न फिलिपिनी बलरलाइ हम्मे हम्मे परेको थियो | २० ओभरमा नेपालले ३ विकेटको क्षतीमा २१८ रन जोड्न सफल भएको थियो | कुशल भुर्तेलले आक्रमक ब्याटिंग गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक हान्न सफल भएका थिए | उनले ६१ बलको सामना गर्दै अबिजित १०४ रन हान्न सफल भएका थिए |

ओपनिंगमा आएका कुशलले शतक हान्दै नेपालका लागि अन्तराष्ट्रिय टी -२० प्रतियोगितामा शतक हान्ने तेस्रो खेलाडी बन्न पुगेका छन | यस अगी पुर्ब कप्तानहरु पारश खड्का र ज्ञानेन्द्र मल्लले शतक हानी सक्नु भएको छ |

नेपालका लागि दिपेन्द्र ऐरीले ८३ रन जोड्न सफल भएका थिए भने कुशल भुर्तेल संग नेपालको अहिले सम्मकै उत्कृष्ट १७० रनको ब्याटिंग पाटनरसिप पनि गरेका थिए |

सुरुवातमा नै विकेट गुमाएको नेपालले राम्रो कमब्याक गर्दै २१८ रन जोडेको थियो |

 

ब्याटिंगमा फर्किएको फिलिपिन्सलाइ नेपालले राम्रो बलिङ्गको प्रदर्शन गर्दै फिलिपिन्सलाइ ८२रनमा रोक्दै १३६ रनको फराकिलो अन्तरले हराउन सफल भएको छ |

कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ्ग प्रदर्शन गर्दै ४ ओभरमा २०रन दिदै ३ विकेट लिन सफल भएका थिए | बलिङ्गमा उनलाइ सहयोग गर्दै गुल्सन झा, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, कुशल मल्ल र दिपेन्द्र ऐरीले क्रमश : १-१ विकेट लिन सफल भएका थिए | खेलका म्यान अफ दि म्याच कुशल भुर्तेल भएका थिए |

यो संगै नेपाल समुह बि मा ४ अंकका साथमा शिर्ष स्थानमा उक्लेको छ | अब नेपालले अर्को खेल सोमबार क्यानडा संग रहेको छ |

प्रकाशित मिति: ७ फागुन २०७८, शनिवार १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु