धुलिखेलमा बैंकले घर घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण
धुलिखेल । धुलिखेलमा बैंकले जनप्रतिनिधिको अनुरोधमा घर घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सेञ्चुरी कमर्सियल बैंकले कोरोना भाइरस संक्रमणको कहरमा पनि आफ्नो सेवालाई निरन्तरता दिइरहेका छ ।
कोरोना भाइरसको कहरमा पनि ग्राहाक बर्गमा अब्बल दर्जाको सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले जेष्ठ नागरिक ,अपांग तथा अशक्त महानुभावहरुलाई सम्मान सहित धुलिखेल नगरपालिका वडा नं २ रबिओपीमा सामाजिक सुरक्षा भत्ता बितरण गर्यो ।
प्रकाशित मिति: १३ साउन २०७७, मंगलवार १८:११ बजे