३ चैत २०८१, सोमवार

मल्लकालीन शैलीमा बनेको रानीपोखरीमा यसरी मनाइयो भाइटीका

हरेक वर्ष भाइटीकाका दिन खुल्ने रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज व्यापक घुइँचो लागेको छ।

२०७२ को भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माणपछि दोस्रोपटक खुला गरिएको हो। यसअघि अघिल्लो वर्ष पनि भाइटीका बेला मन्दिर खुला गरिएको थियो।

दिदीबहिनी नभएका दाजुभाइ तथा दाजुभाइ नभएका दिदीबहिनी र घर गएर टीका लगाउन नपाएकाहरू पनि रानीपोखरीमा पुगेर दर्शन गर्नुका साथै टीका लगाउँछन्।
श्रोत: सेतोपाटी

प्रकाशित मिति: २० कात्तिक २०७८, शनिवार १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु