५ माघ २०८१, शनिवार

भक्तपुर उपनिर्वाचन : नेकपाबाट उम्मेदवार सिफारिस

भक्तपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ ९क० को उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तीन जनाको नाम सिफारिश गरेको छ । सोह« उम्मेदवारका आकांक्षी रहेकामा पटक–पटकको बैठकले नाम छनोट गर्दै सर्वसहमत रुपमा तीन जनाको नाम सिफारिश गर्न खोजे पनि नसकेपछि अन्तत ः तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको पार्टी अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।

बैठकबाट पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, र देवीप्रसाद ९डिपी० ढकालको नाम सिफारिस गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाको निर्वाचन क्षेत्र–१ ९क० बाट प्रदेशसभामा तत्कालीन नेकपा ९एमाले०बाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातबाट निधन भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो क्षेत्रमा सहमति हुन नसकेपछि नेपाली काङ्ग्रेसले १० जनाको नाम सिफारिस गरेको छ,भने साझा पार्टीले एकजनाको नाम घोषणा गरेको छ । अन्य दलले अझै नाम सिफारिस गर्न सकेका छैनन् । उक्त क्षेत्रमा चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नं– १० पर्छन् ।

प्रकाशित मिति: १५ कात्तिक २०७६, शुक्रवार १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु