३१ असार २०८२, सोमवार

अपराध : तरुण दलका सभापतिसहित ६ जना पेस्तोलसहित पक्राउ

नेपालगञ्ज । नेपालगञ्जको एक रिसोर्टबाट तरुण दल नेपालगञ्जका सभापतिसहित ६ जना पेस्तोलसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० को नमस्ते भिलेज रिसोर्टबाट तरुण दल नेपालगञ्जका नगरसभापति दिपजंग शाहसहित ६ जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

भिलेजमा पार्किङ गरेर राखेको बा १८ च ४२११ नम्बरको कार चेकजाँचका क्रममा सिटमुनी लुकाइराखेको मेड इन युइसए लेखेको म्यागेजिनसहितको अटोमेटिक पेस्तोल बरामद गरिएको प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

पेस्तोलसहित पक्राउ पर्ने अन्यमा दिपेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन् । उनीहरुलाई पक्राउ गरि थप अनुसनधान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति: १६ कात्तिक २०७६, शनिवार ०३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु