१२ माघ २०८१, शनिवार

उपनिर्वाचनः स्थानीय तहका २७३ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौं– स्थानीय तहको रिक्त सदस्य पदका लागि यही मङ्सिर १४ गते शनिवार हुने उपनिर्वाचनका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिएको छ । स्थानीय तहका उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा आज निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूूर्यप्रसाद गौतमले जानकारी दिए । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारबाट निर्वाचन प्रचार प्रसार शुुरु भएको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि उपमहानगरपालिका प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका  वडाध्यक्ष ४३ सहित ४८ पदका लागि २७३ जनाकोे उम्मेदवारी कायम रहेको छ ।

निर्वाचन आयोगका अनुसार,  धरान उपमहानगरपालिकाको प्रमुुखका लागि २३, पाँचथरको फाल्गुुनन्द गाउँपालिका अध्यक्षका लागि ८, मोहत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि २०, संखुुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि ७ जनाको उम्मेदवारी कायम भएको छ । हुुम्लाको खर्पुुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि  भने ३ जनाको मात्र उम्मेदवारी परेको छ । स्थानीय तहका उम्मेदवारले चुनाव प्रचार प्रसारका लागि १० दिनको अवधि पाएका छन् ।-रासस

प्रकाशित मिति: २ मंसिर २०७६, सोमवार ०२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु