१२ माघ २०८१, शनिवार

‘चिन र नेपाल दुवै देशका उत्पादन विश्व बजारमा बेच्न सकिने’

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल दक्षिण एशिया प्रवेश गर्न चीनका लागि प्रवेशमार्ग बन्न सक्ने प्रचुर सम्भावना रहेको बताएका छन् ।

हुवेई मिडिया वीक इन साउथ एशिया कार्यक्रमको सोमबार यहाँ उद्घाटन गर्दै उनले रेल र सडक सञ्जालले नेपाललाई जोडेर दुवै देशका उत्पादन विश्व बजारमा बेच्न सकिने बताए ।

चीनका राष्ट्रपतिको हालै सम्पन्न नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा  पुगेको बताउँदै उनले हुवेई मिडियाले आज आयोजना गरेको यस कार्यक्रमबाट जनस्तरको सम्बन्ध पनि थप सुढृढ बनेको उल्लेख गरे ।

उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन हुवई मिडिया ग्रुपसहित चीनका सञ्चार माध्यमले प्रचारप्रसारमा सघाउने विश्वास पनि व्यक्त गरे ।

एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै उनले चीन विरोधी गतिविधि हुन नदिने नेपाल सरकारको प्रतिबद्धता जनाय ।-रासस

प्रकाशित मिति: २ मंसिर २०७६, सोमवार १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु