२१ असोज २०८१, सोमवार

नेकपा सचिवालय बैठक बस्दैं, आजै मन्त्रिमण्डल पुर्नगठन हुन सक्ने ।

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उहाँले जानकारी दिनुभयो ।

एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।
सेतका अनुशार आज बस्ने बैठकले मनित्रमण्डल पुर्नगठनको विषयमा छलफल गर्नेछ । मन्त्रीको नामावलीमा सहमति हुनसके आजै मनित्रमण्डल पुर्नगठन हुनसक्ने बताईन्छ ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधवार ०२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु