२ माघ २०८१, बुधवार

देश नयाँ विकासको चरणमा प्रवेश:प्रम ओली

काठमाठौ विश्वविद्यालयको २५ औ दीक्षान्त समाारोहमा प्रम केपी ओली

काभ्रे । प्रधानमन्त्री एवं काठमाडौ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले देश विकासको नयाँ चरणमा प्रवेश गरेकाले नेपाललाई छोटो समयमा आधुनिकता सहित आत्मनिर्भर बनाउनु पर्ने दायित्व रहेको बताउनु भएको छ ।

आज काठमाडौ विश्वविद्यालयको २५ औ दीक्षान्त समारोहको पहिलो चरणमा सहभागि मेडिकल विद्याका १ हजार ६ सय ४ जना विद्यार्थीहरुलाई दीक्षित गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमान्दारीतापुर्वक काम गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नु भयो ।

‘मुलुकको विकास अरुले आएर गरेर सम्भव छैन र गरिदिदैन पनि’–उहाँले भन्नु भयो–‘नेपालको विकास आफैले गर्ने हो त्यसका लागि इमान्दार प्रयास र आत्मविश्वास आवश्यक छ ।’ इमान्दार प्रयास र आत्मविश्वास रहँदासम्म मान्छे सफल हुन सक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।

काठमाडौ विश्वविद्यालयको कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले दीक्षित हुने विद्यार्थीहरुलाई तीन बुँदे प्रतिज्ञा गराउनु भएको थियो । ‘दैनिक दिनचर्यामा इमान्दार र चरित्रवान बनी उपाधीको मर्यादा कायम राख्न, प्राप्त योग्यता र सीपलाई राम्रो ढंले ब्यवहारमा उतारी, आफ्नो ब्यवसायसँग सम्वन्धित, काम कर्तब्यहरु पुरा गर्न र जनसाधारणको हितलाई ध्यानमा राख्दै नैतिकताको समर्थन गर्ने, स्तरीय शिक्षा प्रणालीका विकासद्वारा समाज र राष्ट्रको समुत्थान हुने कार्यमा प्रयत्नरत रहन प्रतिज्ञा गराउँछु’–कुलपति ओलीले भन्नु भयो–‘उत्कृष्टता भनेको दैनीक ब्यवहारमा देखिने उत्कृष्टता हो । प्रमाणपत्रमा उत्कृष्टता प्राप्त हुँदैमा उत्कृष्ट हुन सकिदैन ।’

दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ४ जनाले उपाधी प्राप्त गर्नेछन् ।

ति मध्ये एमसीएच/डिएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १ सय ४८ जना विद्यार्थी दीक्षित हुनेछन् भने एमबीवीएसका १ हजार ९८ जना दीक्षित हुनेछन् । बीडीएसका २ सय १८, बीएस्सी ईन नर्सिङ्गका १ सय १६ र बीपीटीका २४ जनालाई दीक्षित गरिदैछ । विश्वविद्यालयले दशक देखि दुई चरणमा दीक्षान्त समारोह आयोजना गर्दै आएको छ ।

विश्वविद्यालयले पहिलो पटक मेडिकल विद्याको माथिल्लो तहको एमसीएच/डीएम उपाधी ६ जनालाई प्रदान गरिएको छ । लगातार मेडिकल विद्यामा १५ वर्ष अध्ययन गरेका विद्यार्थीहरुले मात्रै उक्त उपाधी प्राप्त गरेको छ । ति मध्ये एकजनालाई प्लाटिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी विषयमा एमसीएच उपाधी प्रदान गरिएको छ ।

दीक्षित भएकाहरु मध्ये भारत, भुटान, श्रीलंका, मालदिभ्स, अमेरिका, बेल्जियम गरी ६ देशका २ सय ४६ जना अथार्त कुल संख्याको १५.३४ प्रतिशत विद्यार्थी विदेशी छन् । उर्तिण मध्ये महिला ५३.८० प्रतिशत रहेको छ । त्यसमध्ये उत्कृष्ट विद्यार्थी लुम्विनी मेडिकल कलेजका विवेक पौड्यालले स्वर्णपदक प्राप्त गरेका छन् ।

प्रकाशित मिति: ६ मंसिर २०७६, शुक्रवार २२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु