६ फागुन २०८१, मंगलवार

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छ’

काभ्रे । काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले  धुलिखेलमा केयूको २५ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुदै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट गर्नुभयोे ।

प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटोमा आगाडि बढेको बताउनुहुँदै उहाँले नेपालमा उत्पादित चिकित्सा जनशक्ति विश्वस्तरको रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले केयूमा आज दिक्षितहरुमध्ये ५४ प्रतिशत छात्रा रहेकोमा खुशी व्यक्ति गर्नुुहूँदै नयाँ पुस्तालाई उत्साह र अत्मविश्वासका साथ बढ्न आह्वान गर्नुभयो ।

समारोहमा केयूका उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठले शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने भन्ने विषयमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरिएको थियो ।

केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका हुन् ।

रासस

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिवार १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु