साईकल यात्रीलाई स्वागत
काभ्रे । बनेपामा शुलभ बचत तथा ऋण सहकारी संस्था .ली ले साईकल यात्रीहरुलाई बनेपामा एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
संस्थाका अध्यक्ष विक्रम भैल, संस्थाका पधाधिकारीहरु कर्मचारी लगाएतले स्वागत गरेका थिए । २ सय ५७ जना रहेको साईकल यात्री टोलीले पशुपतिनाथ काठमाडौ बाट शुरु गरी सिन्धुलीगढी हुदै जनकपुर मन्दिरमा पुगी यात्रा समाप्त हुने बताएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको बताएको छ । संस्थाले विगतका बर्षहरुमा पनि साईकल यात्रीहरुलाई स्वागत गर्दे आएको प्रमुख ब्यबस्थापक रमेश श्रेष्ठले बताए ।
प्रकाशित मिति: ७ मंसिर २०७६, शनिवार २१:१५ बजे