१ जेठ २०८२, मंगलवार

यातायातका हाकिमसहित ३८ कर्मचारीलाई भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) फेल भएका व्यक्तिलाई पनि लाइसेन्स वितरण भएको सन्दर्भमा ३८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती एकान्तकुना ललितपुर (हाल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र प्रदेश नं.३ ललितपुर) बाट २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनाको नतिजा गैरकानुनी लाभ पुर्‍याउने बदनियतले फेलबाट पास बनाई परीक्षाको परिणाम फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको र उक्त जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्र (New License) हरुको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्च रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा कसुरमा संलग्न देहायका ३८ (अठ्तीस) जना कर्मचारीहरुलाई तपसिल बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको छ ।

 

प्रकाशित मिति: ८ मंसिर २०७६, आइतवार २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु