धुलिखेलनगरको विद्यालयहरुको आसपासका पसलमा अनुगमन ।
धुलिखेल । धुलिखेल नगरपालिकाभित्र रहेका विद्यालयहरुको आसपासका पसलमा मदिरा र सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिइएको छ ।
नगरपालिकाका उपप्रमूख विमला शर्माको नेतृत्वमा गएको टोलीले पात्लेखेतको हनुमान मावि र धुलिखेलको सन्जिवनी नमुना मावि लगायतका विद्यालयको परिसर ओरपर भित्रको पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको भेटी नियन्त्रणमा लिएको हो ।
विद्यालयको सटर भाडामा लिएर पसल ब्यवसाय चलाई रहेका ब्यापारीहरुले मदिरा र सुर्तिजन्य पदार्थ बेचविखन गरिरहेको विभिन्न समयमअ स्थानीय जनताले गुनासो गरेको र अनेरास्ववियु धुलिखेल नगर कमिटीले पनि ज्ञापन पत्र बुझाउँदै मदिरा र सुर्तिजन्य पदार्थ हटाउन आग्रह गरेको थियो ।
जन गुनासो पछी नगरपालिकाले नगरपालिकाभित्र रहेका विद्यालयहरुको गरि उक्त अनुगमनका क्रममा भेटिएका सबै मदिरा र सुर्तिजन्य पदार्थ निणन्त्रणमा लिइएको अनेरास्ववियु धुलिखेल नगर इन्चार्ज मिलन गौतमले जानकारी दिए । सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा बनेको ऐन अनुसार विद्यालयको एक सय मिटर वरपरको क्षेत्रमा मदिरा र सुर्तिजन्य सामग्री बेचविखन गरे कारबाही हुने ब्यवस्था छ । तर विद्यालयकै सटर भाडामा लिएर ब्यापारीहरुले उक्त ऐनको खिलापमा मदिरा र सुर्तिजन्य पदार्थ बेचविखन गर्दै आइरहेका थिए ।
अनुगमनका लागि उपप्रमूख शार्मासँगै धुलिखेल नगरपालिकाका सामाजिक विकास शाखा सयोजक विष्णु धिताल, जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत खगेन्द्र सुवेदी, जिल्ला प्रहरी कार्यालयका सहायक निरीक्षक हरि कृष्ण खड्का, नगरपालिकाका शिक्षा अधिकृत भोज कुमार ठकुरी विद्यालय पुगेका थिए । अनुगमन टोलीले दुई वटा विद्यालयबाट दुई बोरा मदिरा र सुर्तिजन्य पदार्थ निणन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २३ मंसिर २०७६, सोमवार २०:३३ बजे