८ माघ २०८१, मंगलवार

स्थायी समितिको बैठक बोलाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक यही मंसिर २९ गते  बोलाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, धुम्बाराहीमा सोमवार बसेको बैठकले यही मंसिर २७ गते सचिवालय र २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको विधान संशोधन गर्ने र त्यसका लागि आगामी स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गर्नुका साथै उपनिर्वाचनको पूर्ण प्रतिवेदन पेश गर्न ५ दिनको समय समेत थप गरेको छ ।

बैठकमा संगठन विभागका तर्फबाट पेश भएको कार्ययोजनामा छलफल भएको र सचिवालयको सुझावसमेत समेटेर आगामी बैठकमा पेश गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले केही जिल्लामा पार्टीको संगठनात्मक क्षेत्रमा देखिएको समस्या समाधानका लागि केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालय बैठकले पार्टीको कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिनुभएका राजीनामा  अस्वीकृत गर्नुका साथै पार्टीको केन्द्रीय विभाग र आयोगलाई पूर्णता दिने विषयमा ७ दिनभित्र प्रस्ताव पेश गर्न विभाग र आयोगका प्रमुख एवम् उपप्रमुखहरुलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलवार १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु