धुलिखेलमा :नेपाल भ्रमण वर्ष २०२०को स्तम्भ सिलान्यास
नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ । भ्रमण वर्षको शुभारम्भमा धुलिखेलमा पर्यटकलाई स्वागत गर्दै नेपाल भ्रमण वर्ष २०२० को स्तम्भ शिलान्यास गरिएको छ ।
‘प्रदेश तहमा दुई वटा स्तभ निर्माण हुनेछन्’–नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहनु भएका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘प्रदेश सरकारको ५ लाख र नगरपालिकाको ७ लाख रुपैया खर्चमा स्तम्भ सहित पार्क निर्माण गरिनेछ ।’ अर्काे स्तम्भ मकवानपुरको कुलेखानीमा निर्माण हुनेछ । चीन र अमेरिकाबाट आएका विदेशी पर्यटकहरुलाई धुलिखेलको पिपलचौतारीमा स्वागत गरिएको थियो । सोहि सभामा बोल्दै अमेरिकाकी न्यान्सीले नेपाल सुन्दर रहेको बताउनु भयो । ‘म खुशी छु, सुन्दर देश नेपाल घुम्न पाएकोमा हर्षित छु’–न्यान्सीले भन्नुभयो ।
प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, जिल्ला समन्वय समिति संयोजक उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, क्षेत्रिय होटल संघका अध्यक्ष प्रेमकण्ठ माकजु लगायतले पर्यटकहरुलाई स्वागत गर्नु भएको थियो ।
जिल्ला समन्वय समिति र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा सदरमुकाम धुलिखेलमा विविध कार्यक्रमको आयोजना गरिएको छ । नयाँ वर्षको पहिलो दिन धुलिखेलको पिपलबोटमा नेपाल भ्रमण वर्ष २०२० स्मृति स्तम्भको शिल्यान्यास गरिएको छ भने शिल्यान्यास पछि आयोजित कोण सभामा जनप्रतिनिधि, नागरिक समाज, कर्मचारी, होटल ब्यवसायी, उद्योगी तथा स्थानीयहरुले पर्यटन वर्षलाई भब्य रुपमा सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । भ्रमण वर्षलाई भब्य रुपमा सम्पन्न गर्न सबै क्षेत्रको सहयोग र सद्भावका साथै प्रतिवद्धता आवश्यक रहेको सहभागिहरुले बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, जिल्ला समन्वय समिति संयोजक उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, क्षेत्रिय होटल संघका अध्यक्ष प्रेमकण्ठ माकजु लगायतले मन्तब्य राख्नु भएको थियो । सभा अघि धुलिखेलको अरनिको राजमार्ग स्थित बसपार्कमा रहेको अरनिको सालिकबाट नेपाली सेना, नेपाल प्रहरी तथा शशस्त्र प्रहरीको टुकडी सहित विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभागि रहेको स्थानीय धिमेबाजा, लाखेनाच, लामा/झाँकि, खैजेडी समुल लगायत स्थानीय संस्कृति झल्काउने झाँकीहरु प्रस्तुत गरिएको थियो ।
र्याली धुलिखेल बसपार्क, अस्पताल चोक, पुरानो बजार, सरस्वती बजार हुँदै पिपलबोटसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सहभागिहरुले आफु संलग्न संस्थाहरुको ब्यानर सहित कार्यक्रममा सहभागि भएका थिए । प्रभातफेरी दुई दिन अघि पौष १४ र १५ गते धुलिखेल नगर क्षेत्रको सरसफाई गरिएको थियो । सरसफाईमा नेपाली सेना, नेपाल प्रहरी, धुलिखेल उद्योग बाणिज्य संघ, स्थानीय होटल ब्यवसायीहरु लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: १६ पुस २०७६, बुधवार २२:०५ बजे