६ असार २०८२, बिहीवार

बहुमतका नाममा विधान लत्याउन पाइँदैन : नेता केसी

कस्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बहुमतको आधारमा विधानलाई लत्याउने काम अस्वीकार्य हुने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीभित्र बहुमतको दम्भ देखाएर पार्टी सभापति देउवाले बहुमतका आधारमा विधान मिच्न खोजेको बताए ।
पार्टी भित्रको विवाद अन्त्य गर्दै समाधानको विन्दु निकाल्नुपर्नेमा जोड दिँदै उनले पार्टी पुनः एक ढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
वर्तमान सरकारले लोकतन्त्रको विधि र मर्ममाथि प्रहार गरिरहेको नेता केसीले आरोप लगाए ।

प्रकाशित मिति: २० पुस २०७६, आइतवार २१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु