मौसममा क्रमिक सुधार हुँदै
काठमाडौं । विगत तीन दिनदेखि पश्चिमी भू-भाग हुँदै प्रवेश गरेको मौसमी प्रणाली बिस्तारै कमजोर हुदै गएको छ । बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको सो प्रणाली हिजोदेखि उत्तरपूर्वी भूभाग हुँदै बाहिरिन थालेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । हाल देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भु-भागहरुमा आंशिक बदली रहेपनि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने मौसमविदहरुले बताएका छन ।।
प्रकाशित मिति: २० पुस २०७६, आइतवार २१:३८ बजे