६ फागुन २०८१, मंगलवार

राष्ट्रपति भण्डारीद्वारा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत गणेश ढकाललाई सिङ्गापुर र अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदीलाई ग्रिसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा,२८२ अनुसार राष्ट्रपतिले उनीहरूलाई ती मुलुकका लागि गैरआवासीय राजदूतमा आज नियुक्त गरेका हुन् । राजदूत सुवेदी भिएनास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका लागि स्थायी नेपाली प्रतिनिधि पनि रहेका छन् ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधवार २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु