धुलिखेललाई सन् २०२० को अन्त सम्ममा बाल मैत्री नगर घोषणा गरिने ।

धुलिखेल । धुलिखेल नगरपालिकालाई सन् २०२० को अन्त सम्ममा बाल मैत्री नगरको रुपमा घोषणा गर्ने गरि काम गरिएको र सन् २०२० को अन्तमा धुलिखेल नगर बाल मैत्री नगर बन्नेछ जसको लागि धुलिखेल नगरपालिकामा बालबालिका मैत्री विभिन्न कार्यक्रमहरु गरिरहेको नगर प्रमुख अशोक कुमार व्यान्जुले मेयर संग बिद्यार्थी कार्यक्रममा बिद्यार्थीहरुका जिज्ञासा तथा प्रश्नहरु उपर प्रकास पार्ने क्रममा बताउनु भयो । जस्मा बिद्यार्थीहरुले ‘धुलिखेल नगरको बाल मैत्रीलाई के कति बजेट राख्नु भएको छ । यस्तै धुलिखेलमा शिक्षामा कति रकमको ब्यवस्था गरिएको छ’ भनेर प्रश्न गरेका थिए जस्को जबाफ नगर प्रमुख अशोक व्यान्जुले दिदै धुलिखेल नगरलाई बाल मैत्री बनाउन प्रत्येक वर्ष एक करोड रकम बिनियोजन गरि काम अगाडि भइरहेको र धुलिखेल नगरले शिक्षामा नगर को एक करोड बीस लाख रकम बिनियोजन गरिएको कुरा बताउनुभयो । साथै नगर प्रमुखले आफ्ना भनाइहरु राख्ने क्रममा धुलिखेल नगर अब सन् २०२० मा बाल मैत्री नगर बनिसक्ने कुरा बताउनु भयो ।
धुलिखेल नगरपालिकाको शिक्षा शाखाद्वारा धुलिखेलको संजीवनी नमुना मा.बि मा आयोजित मेयर संग बिद्यार्थी कार्यक्रममा बिद्यार्थीहरुका जिज्ञासा तथा प्रश्नहरु उपर नगर प्रमुखले जवाफ दिनु भयो । मेयर संग बिद्यार्थी कार्यक्रम धुलिखेल नगर को सबै वडामा रहेको सबै बिद्यालयमा गरिने कुरा धुलिखेल नगरपालिकाको शिक्षा शाखाद्वारा उक्त कार्यक्रममा जानकारी दिनु भयो ।
धुलिखेल नगरपालिकालाई बाल मैत्री नगर घोषणा गर्न विभिन्न कार्यक्रम
२०२० सम्म धुलिखेल नगरपालिकालाई बाल मैत्री नगर घोषणा गर्न विभिन्न कार्यक्रम संचालन भइरहेकै छ । धुलिखेलको सबै वडामा बाल मैत्री पार्क निर्माण भएको छ साथै सबै वडामा जनचेतना मुलुक कार्यक्रम संचालन भइरहेको छ । नगरमा र वडामा बाल क्लबको कार्यकक्ष बनाएको छ ।
प्रकाशित मिति: ८ माघ २०७६, बुधवार २३:१३ बजे