२१ असोज २०८१, सोमवार

नमुना युवा संसद अब हरेक वडामा

काठमाडौं ।सबै स्थानीय तहको वडा स्तरमा युवा क्लब तथा परिषद गठन गरि युवालाई स्वंयमसेवाको रुपमा प्रशिक्षित गर्ने, युवाको नेतृत्व क्षमता विकासका लागि अनुकुल वातावरण तयार गर्ने र नमुना युवा संसदको अभ्यासमा सहयोग र सहजीकरण गर्ने तथा स्थानीय आवश्यकता र मागको आधारमा युवालाई स्वंयमसेवकीय काममा परिचालन गर्ने, प्रदेश र संघीय तहमा सघन रुपमा युवा परिचालनका लागि अनुकुल वातावरण तयार गर्ने समझदारी भएको छ।
सरकारले सञ्चालन गरेको युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न तीन निकायबीच सहकार्य भएको छ। राष्ट्रिय युवा परिषद, नगरपालिका महासंघ र गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्यका सम्बन्धमा शुक्रबार समझदारी भएको हो।

सहकार्य अनुसार सरकारले स्वीकृत गरेको युवा लक्षित कार्यक्रमलाई स्थानीय स्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने र नयाँ कार्यक्रम पहिचान गरि राष्ट्रिय स्तरम प्रवर्द्धन गरिनेछ। समझदारी पत्रमा युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु (श्रेष्ठ) र गाउँपालिका संघका अध्यक्ष होम नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: १० माघ २०७६, शुक्रवार २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु