नासा नेसनल कार्टिङ्ग टिमको घोषणा
धुलिखेल । धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा एक कार्यक्रमका बीच नासा नेपालले आउँदो ४ वर्षका लागि नेसनल कार्टिङ्ग टिमको घोषणा गरेको छ । सो टिम बीच कार्ट्स सम्बन्धि तालिम तथा सानो प्रतियोगीता समेत सम्पन्न गरियो ।
कुल ४० जनाको सहभागिता रहेको सो कार्यक्रममा नासा कर्टिङ्गका संयोजक अनिल बराल, नेपाल मोटर स्पोर्ट्स कल्बका आशिष लामिछाने, नासाका आइडिपी तथा इभेन्ट संयोजक सन्तोष न्यौपाने, टु व्हिलर्स इभेन्टका प्रमुख बिनोद तण्डुकारले खेलकुद, कार्टिङ्ग खेलको नियम तथा प्रकृयाबारे तालिम दिनु भयो ।
तालिम लगतै कार्टिङ्ग टिम बीच छोटो प्रतियोगिता समेत सम्पन्न गरियो । ३—३ ल्यापको उक्त प्रतियोगितामा पुरुषतर्फ सुवर्ण सिङ्ग बिस्ट पहिलो, रामबिक्रम थापा दोश्रो, मन्चन तिवारी तेस्रो भए भने महिलातर्फ आकृति बेलबासे पहिलो, नितु श्रेष्ठ दोस्रो, सुष्मा नेपाल तेस्रो भए ।
सम्पूर्ण सहभागीहरुलाई अनिल बराल, सन्तोष न्यौपाने, बिनोद तण्डुकार, नासाका सचिव निरज खड्का, तथा बिनोद तण्डुकारले प्रमाण—पत्रप्रदान गर्नुभयो । उक्त कार्टिङ्ग टिममा सुनिता देशार, दिप्रश शाक्य, मन्चन तिवारी, नितु श्रेष्ठ, आकृति बेलबासे, आयुशा शाक्य, दिक्ष्या गौतम, अभिषेक लामिछाने, सिजन भट्टराई, सुवर्ण सिङ्ग विष्ट, आश्विन जलान, सोनी ठकुरी, सदिक्षा आचार्य, सरोज श्रेष्ठ, सुष्मा नेपाल, विजय पौडेल, कुशल भण्डारी, अंकित भण्डारी, आशिष श्रेष्ठ, बिष्णु पाण्डे, विकास मेहता, नितेश यादव, रितेश उपाध्याय लगायत रहेका छन् ।
नासा नेपालले यस अघि नै सिङ्गापुर स्थित KF 1 सर्किटमा अन्तराष्ट्रिय कार्टिङ्ग प्रतियोगिता सम्पन्न गरेको थियो ।
शाहसिक तथा पर्यटकीय खेलकुदको क्षेत्रमा कार्टिङ्ग खेल पनि यूवा समुह बीच लोकप्रिय हुदै आएको अवस्थामा यसले नेपाल भ्रमण वर्षको प्रवर्धन गर्नुका साथै नेपालको प्रयटन प्रवर्धनमा समेत योगदान दिने विश्वास गरिएको छ, नासा कार्टिङ्गका संयोजक अनिल बरालले जनाए । अटोनेपाल बाट
प्रकाशित मिति: १२ माघ २०७६, आइतवार २१:१५ बजे