जग्गा हिनामिना भएको ठहर : सीआईबीले बुझायो प्रतिवेदन

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना भएको ठहर गरेको छ ।
झण्डै १ वर्ष लगाएर गरिएको अनुसन्धानबाट सरकारी जग्गा हिनामिना भएको देखिएको हो । कारबाहीका लागि सिफारिससहित प्रतिवेदन गृहमन्त्रालयमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
२०७५ साल फागुन २८ गते बसेको मन्त्रिपरिषद्काे बैठकले सरकारी जग्गा हिनामिनाका विषयमा छानबिन गर्न ब्यूरोलाई जिम्मा दिएको थियो । ब्यूरोले अनुसन्धानको प्रतिवेदन शुक्रबार गृहमन्त्रालयलाई बुझाएको हो ।
प्रकाशित मिति: १७ माघ २०७६, शुक्रवार २१:३९ बजे