८ माघ २०८१, मंगलवार

परिस्थितिका कारण राजनीतिमा आएको हुँः डा सिके राउत

सिरहा । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको बताएका छन् ।
सो पार्टीले आज सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा अध्यक्ष डा राउतले भने–“म कुनै रहरले राजनीतिमा आएको होइन, मधेशको परिस्थितिका कारण आएको हुँ ।
मधेशका समस्याहरु अहिले पनि ज्यूँको त्यूँ’ रहेकाले राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको डा राउतको भनाइ थियो । समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको गठन गरिएको उनले बताए ।

मधेश आन्दोलनको नाममा ५४ जनालाई शहीद गराएर आफूलाई मधेश केन्द्रीत दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोपसमेत उनले बताए ।

प्रकाशित मिति: १८ माघ २०७६, शनिवार २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु