बाँके- बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन मन्त्री ज्वालाको आग्रह
कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन आग्रह गरेका छन् ।
बाँकेको कोहलपुरमा आज भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले भाषा, संस्कृति रहनसहन मिल्ने भएकाले कर्णाली प्रदेशको अभिन्न अङ्गका रुपमा बाँके बर्दिया समाहित हुन सक्छ भने ।
बर्दियाको राजापुर र बाँकेको नेपालगञ्ज नाका विना कर्णाली प्रदेश अपूरो भएको उनको भनाइ छ ।
प्रकाशित मिति: २३ माघ २०७६, बिहीवार २२:३२ बजे