पुर्व मन्त्री गोकुल बास्कोटाको पहलमा स्थानीय तहमा स्यानिटाइजर र मास्क बितरण
काभ्रे । स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरुका लागि पुर्व मन्त्री एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सदस्य तथा नेकपा काभ्रेका इन्चार्ज गोकुल बास्कोटाले राष्ट्रिय युवा संघ र अनेरास्ववियू काभ्रे मार्फत जिल्लामा रहेका ७ वटा स्थानीय तहमा दुई/दूई कार्टुन स्यानिटाईजर र मास्क उपलब्ध गराएका छन् ।
स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरुका लागि पुर्व मन्त्री बास्कोटाले जिल्लाको मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा भुम्लु, चौरीदेउराली, तेमाल, खानीखोला र बेथान्चोक गाउँपालिकामा प्रति स्थानीय तह दुई/दुई कार्टुन स्यानिटाईजर र मास्क उपलब्ध गराएको अखिलका केन्द्रिय सदस्य तथा नेकपा जिल्ला सदस्य जेनिस लामाले जानकारी दिनुभयो । राष्ट्रिय युवा संघ र अनेरास्ववियूको टोलीले जिल्लाका सातवटै स्थानीय तहमा पुगी जनप्रतिनिधिहरुलाई उक्त स्यानिटाईजर र मास्क हस्तान्तरण गरेका छन् ।
अनेरास्ववियूका केन्द्रिय सदस्य जेनिस लामा, जिल्ला संयोजक उपेन्द्र शर्मा, राष्ट्रिय युवा संघका जिल्ला संयोजक विक्रम चौलागाई, सह संयोजक राजकुमार श्रेष्ठ, अनेरास्ववियूका केन्द्रिय सदस्यद्धय सुन्दर खड्का र शालिकराम पराजुली लगायतको समुह उक्त अभियानमा सक्रिय भएको छ । त्यस्तै अनेरास्ववियु जिल्ला सदस्यहरु मुकुन्द लामिछाने, मिलन गौतम, राष्ट्रिय युवा संघ बनेपा नगर अध्यक्ष रत्न श्रेष्ठ, अनेरास्ववियु पुर्व जिल्ला कमिटी अध्यक्ष नवराज ढकाल लगायतको सहभागिता रहेको थियो । अखिल र राष्ट्रिय युवासंघले यस अघि पनि विभिन्न स्थानीय तहका नागरिकहरुलाई राहत उपलब्ध गराएको छ भने सुरक्षाकर्मीहरुको सुरक्षाका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् ।
प्रकाशित मिति: २४ चैत २०७६, सोमवार १७:०२ बजे