२० असोज २०८१, आइतवार

नेपाल नगरपालिका संघद्धारा स्वास्थ्य सामाग्री र जनशक्ति व्यवस्थापन गर्न संघ र प्रदेश सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल नगरपालिका संघले स्थानीय तहमा आवश्यक स्वास्थ्य सामाग्री र जनशक्ति व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका पदाधिकारीहरु र प्रदेश संयोजकहरुको काठमाडौंमा बसेको बैठकले सो निर्णय गरेको संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिनुभयो ।
बैठकले सहि विपन्न नागरिकहरुलाई भोकै नराख्ने गरी उचित राहत दिनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच अझ बढि सहकार्य र समन्वय आवश्यक भएको ठहर गर्दै नगरपालिकाहरुले यस विपद्को घडिमा पनि विपद् कोष खडा गरेर नेतृत्वदायी भूमिका निर्वाह गरेर सेवा दिइरहेको बताएको छ ।
स्थानीय तहलाई राजस्व बाँडफाँड अन्तर्गत संघबाट प्राप्त हुनुपर्ने रकम हालसम्म ७० प्रतिशत भन्दा बढि बाँकी भएकोले सो यथासक्य चाँडो पठाई कोरोना बिरुद्धको लडाई लड्न सक्षम र सवल बनाउनका लागि नेपाल सरकारसंग जोडदार माग गर्ने निर्णय गरेको संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय अपांगता भएका व्यक्तिहरु, शारीरिक रुपले असक्त र महिला तथा बालबालिकाहरुको खाद्य सुरक्षा, स्वास्थ्य र सूचना जस्ता आधारभूत आवश्यक्ताका लागि नेपालमा क्रियाशिल विकास साझेदार र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई स्थानीय सरकारहरुसंग सहकार्य गर्न पनि बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको देवकोटाले जानकारी दिनुभयो ।
नेपाल नगरपालिका संघका पदाधिकारीहरु र प्रदेश संयोजकहरुको काठमाडौंमा बसेको बैठकले गरेका निर्णयहरु देहाय बमोजिम रहेका छन् ।

प्रकाशित मिति: २६ चैत २०७६, बुधवार २१:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु