२ माघ २०८१, बुधवार

थप तीन जनामा कोराना संक्रमण,औपचारिक पुष्टि हुन बाँकी

काठमाडौं । बुधबार थप तीन जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
केन्द्रिय प्रयोशाला टेकुमा गरीको स्वाब परीक्षणका क्रममा बाराका दुई जना र पर्साका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले बतायो । तर यसको औपाचारिक रुपमा भने पुष्टि गरिएको छैन ।
पछिल्लो पटक संक्रमण पाइएका तीनै जना नयाँदिल्लीको जमाती धार्मिकसभामा सहभागी भएर नेपाल फर्किएका बताइएको छ ।

संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।

प्रकाशित मिति: १७ वैशाख २०७७, बुधवार १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु