६ फागुन २०८१, मंगलवार

खाद्यान्नमा आत्म निर्भर सहर बनाउन कृषिमा अनुदान र प्रबिधि हस्तान्तरण गर्ने पूंजी मा साझेदारी गर्ने निती अवलम्बन गर्ने

धुलिखेल । कोरोना भाइरसको माहामारीले विश्व जगतमा प्रभाव परिरहेको अवस्थामा नेपाल पनि कोरोनाको कारणले निकै प्रभावित भएको छ । कोरोनाको कारण हाल देश लक डाउन (बन्दा बन्दी ) को अवस्थामा रहेको छ । देशको आर्थिक अवस्था पनि प्रभावित भएको छ । कोरोनाको कारणले विभिन्न व्यवसाय बन्द भएको अवस्थामा देशको आर्थिक अवस्था माथि ल्याउन कृषिमा लगानि गर्नु पर्ने दखियको छ । साथै बेरोजगारी कम गर्न पनि देशको जनशक्तिलाई कृषि पेशामा आकर्षित गराउनु पर्छ । कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्रमा संकट निम्त्याएको अवस्थामा स्थानीय सरकारले आत्मनिर्भर, रोजगार र उत्पादनमुखी कार्यक्रममा जोड दिन थालेका छन् ।
गत आ.वको[/caption]
धुलिखेल नगरपालिकाले चालु वर्षमै खर्च गर्ने गरी बजेटलाई कृषकमुखी बनाईएको छ भने आउँदो वर्षको बजेटलाई उत्पादनमुखी, रोजगारमुखी बनाउन छलफल शुरु भएको छ । मुलुकको अर्थतन्त्रमा गिरावट आउने र खाद्यान्न अभाव हुने संकेतहरु देखिन थालेपछि धुलिखेल नगरपालिकाले तत्कालिन र दिर्घकालिन योजनाहरु तय गरी कार्यान्वयन शुरु गरेको छ ।

गत आ.वको

धुलिखेल नगरपालिकाले कृषिमा धेरै नै काम गरिरहेको छ । यस वर्ष धुलिखेल नगरपालिकाले कोरोनाको प्रभावमा पनि कृषि क्षेत्रमा उदारणिय काम गरिरहेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि खेतियोग्य जमिनमा खेति गर्न चाहने कृषकहरुका लागि १२ टन खुमलचार , खुमलआठ ,खुमलदश जातको धानको विउ कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै १ हजार ५ सय घर धुरीका लागि तत्काल तरकारी खेति गरी आत्मनिर्भर बन्न र ब्यवसायीक प्रयोजनका लागि समेत खेति गर्न सहज हुने गरी तरकारीका विउहरु निशुल्क वितरण गरिएको छ ।

साथै कृषि प्रणालीलाई आधुनिकिकरण गर्न नगरपालिकाले यस अघि दिएका औजारहरुको भरपुर उपयोग गर्न र थप औजारहरु मागका आधारमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्क्टर, धान झार्ने मेसिन ,औषधि छर्ने इलेक्टिक पम्प,लगाएतका कृषि सामान पनि वितरण गर्ने निर्णय गरेको कुरा नगर प्रमुख अशोक कुमार व्याञ्जुले बताउनु भयो ।

गत आ.वको

यस आर्थिक वर्षमा धुलिखेल नगरपालिकाले हाल सम्म नगर क्षेत्रका किसानलाई दश हजार आठ सय धानको विउ वितरण गरेको छ साथै नगर क्षेत्रका तरकारी खेति गर्ने किसानलाई सिमि, बोडि, रामतोरिया ,काक्रो ,धनियाको विउ २०५० पाकेट वितरण गरेको कुराधुलिखेल नगर कृषि शाखाले बतायो । यस्तै धुलिखेल नगरले यस आर्थिक वर्षमा हाते ट्क्टर ६६ वटा , धान झार्ने मेसिन १४ वटा ,औषधि छर्ने इलेक्टिक पम्प १५६ वटा ,लगाएतका कृषि सामान पनि वितरण गरेको छ । अगिल्लो आर्थिक वर्ष पनि यसै गरी कृषि विउ तथा कृषि सामान वितरण गरेको थियो जसबाट धुलिखेल नगर कृषि क्षेत्रमा निकै अगाडि बढेको छ ।

नगर प्रमुख ब्याञ्जुले आगामी वर्षको बजेट तथा कार्यक्रम कोरोना महामारी पछि आम नगरबासीले भोगेको समस्या र समस्या समाधानमा केन्द्रित हुने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । चालु आर्थिक वर्षमा चालु रहेका कतिपय योजनाहरु फेरबदल हुन सक्ने बताउँदै नागर प्रमुख ब्याञ्जुले विकास निर्माणका योजनाहरु आगामी वर्षमा दोहोरिए पनि रुपरेखा बलदिलन सक्ने कुरा बताउनु भयो ।

कोरोना महामारीपछि देशले ठूलो आर्थिक क्षति ब्यहार्नु पर्ने र त्यसलाई सम्बोधन गर्न सकिने विविध उपायका बारे छलफलको दायरालाई ब्यापक बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । ‘अबको चुनौती निकै ठूलो हुनसक्छ’– नगर प्रमुख ब्याञ्जुले भन्नुभयो– ‘हरेक स्थानीय तहहरुले आगामी दिनलाई हेरेर नीति, कार्यक्रम र बजेट बनाउन जरुरी छ तथा नागरिकको दैनिक समस्यालाई समाधान गर्दै नागरिकलाई सुशुचित गराउन आवश्यक छ ।’
‘कोरोना महामारी पछि पर्यटन, कृषि, शिक्षा लगायतका क्षेत्र निकै नराम्रोसँग प्रभावित भएका छन’– नगर प्रमुख ब्याञ्जुले भन्नुभयो – हामीले ‘महामारी पछि सञ्चालन गर्ने विकास निर्माणको बजेट तथा नगरले अबको समयमा लिनुपर्ने नीति कार्यक्रमकाबारे छलफल सुरु गरेका हौँ ।’

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रवार २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु