९ जेठ २०८२, बुधवार

सुदूरपश्चिमको पाँचौँ सङ्क्रमित डिस्चार्जसँगै प्रदेश बन्यो कोरोनामुक्त

धनगढी । धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताउनुभयो ।

३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीया महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

उहाँसँगै भर्ना भएका दुईजना, केही समयअघि भर्ना भएका एकजना र उहाँभन्दा पछाडि भर्ना भएका एकजना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसक्नुभएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा पाँचजनामा कोरोना देखिएकोमा सबै निकाे भएर घर फर्किसकेका छन् ।

अब कोरोना संक्रमितमुक्त प्रदेश भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।

लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ की महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए ।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रवार २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु