६ फागुन २०८१, मंगलवार

नेपाली सेनाका दुईजनामा कोरोना सङ्क्रमण पाइयो

काठमाडौँ । पहिलो पटक दुई जना नेपाली सेनामा कार्यरत सैनिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले महोत्तरीमा कार्यरत सैनिकमा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । यसअघि स्वास्थ्य मन्त्रालयमा अायाेजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले महाेत्तरीका ५२ वर्षकाे पुरूष तथा काभ्रेका २६ वर्ष युवकमा काेराेना पुष्ट भएकाे जानकारी गराउनुभएकाे थियाे ।

शनिबार थपिएका दुई जना कोरोना संक्रमित नेपाली सेना रहेको खुलेको छ।उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनीहरू एक जना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन् ।

प्रकाशित मिति: ३ जेठ २०७७, शनिवार १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु