२३ मंसिर २०८१, आइतवार

धनुषाका २ जना पुरुषमा काेराना संक्रमण, कुल संक्रमित २८१ पुग्याे

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा धनुषाका दुईजना २० वर्ष र ६५ वर्षका व्यक्तिमा कोरोना देखिएको छ । योसंँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।
योसंँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निबासी २९ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ ।

यसैबीच पछिल्लाे काेराेना परीक्षणमा थप मृतक महिला बाहेक थप २ जनामा काेराेना पुष्टि भएकाे छ । संक्रमित दुबै धनुषा निवासी २० र ६५ वर्षीय पुरूषा रहनु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति: ३ जेठ २०७७, शनिवार २१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु