थप १० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २९१ पुग्यो
काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ । साथै उहाँहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
प्रजिअ घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।
संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ ।
उनीहरुलाई सीधै क्वारेन्टाइनमा लिइएकोले परिवार र समुदायमा संक्रमणको खतरा नरहेको तर पनि सावधानी अपनाइने प्रजिअ घिमिरले बताए ।
योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ । रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमति फेला परेका थिए ।
प्रकाशित मिति: ४ जेठ २०७७, आइतवार ०९:०९ बजे