जुम्लामा कोरोना संक्रमित १८ जना निको भएर घर फर्किए

जुम्ला । जुम्लामा कोरोना संक्रमित १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।
प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनिहरुले खुशी व्यक्त गरेका छन् । उनिहरुलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगाएतका सरोकारवाला निकायले माला लगाइदिएर विदाई गरेका छन् ।
उनीहरुलाई घर फर्किएपछि घरमा अपनाउनुपर्ने सावाधानीका लागि ध्यान दिन बिषयमा प्रतिष्ठानका विशेषज्ञ डा. धिरज गुरुङले घरमा अपनाउनुपर्ने सावाधानीको बिषयमा सुझाव दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सवैलाई बधाई दिदै अझै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ईतिहासले नायक बनाउने हौसला दिनुभयो । प्रतिष्ठानमा अन्य संक्रमितको पुन पिसिआर परीक्षणको आधारमा घर पठाईने कर्णाली प्रतिष्ठानले जनाएको छ ।
कोरोना जितेर फर्किएका स्वास्थ्यकर्मी लालबहादुर बुढ्थापाले हामी कोरोनालाई जित्छौ भन्ने पूर्ण आशामा पनि थियौ । यस अभियानमा प्रतिष्ठानका स्वास्थ्यकर्मी र सरोकारवालाहरुले गरेको सहयोग कहिल्यै नभुल्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: २७ जेठ २०७७, मंगलवार २१:४५ बजे