कोरोना सङ्क्रमित १४७ जना थपिए , कुल सङ्क्रमित १८ हजार २४१
काठमाडौँ । नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको छ ।
यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४० पुगेको छ ।
नेपालमा अहिले पाँचहजार ३५८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । रेड जाेनमा ५३० रहेका छन् ।
सङ्क्रमित हुने दर
प्रवक्ता गौतमका अनुसार नेपालमा सङ्क्रमित हुनेका दर घटिरहेको छ । असार १० गते सङ्क्रमित हुनेका दर ९.२ रहेकोमा साउन ७ गते २.०६ प्रतिशत र बिहीबार ४.२ प्रतिशत रहेको छ ।
उपत्यकामा थप नाै सङ्क्रमित
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौंमा २ नयाँ सङ्क्रमित थपिएका छन् । ललितपुरमा ५ र भक्तपुरमा २ जना सङ्क्रमित भएका छन् ।
प्रकाशित मिति: ८ साउन २०७७, बिहीवार १६:३२ बजे