२१ असोज २०८१, सोमवार

बलात्कार पछि हत्याका दोषिहरुलाई फाँसिको सजायको माग गर्दै प्रदर्शन

काभ्रे । २६ महिना अघि कंचनपुरकी १३ वर्षिय निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो। अपराधीलाई कारवाहीको मागराखि देशैभर प्रदर्शन भए उक्त घटनामा संलग्न पत्ता लगाउन सकेको छैन ।
बझाङ मष्टा गाउँपालिका वडा न. २ मा सम्झना बिश्वकर्माको बलात्कार पछि विभत्स हत्या गरेर मन्दिरमा लास फालेको भेटाईएको घटना सार्वजनिक भएको छ ।
बलत्कार पछि ह्त्या गरिएकी १२ बर्सिया सम्झना कामी को न्याए का लागि आज
धुलिखेल नगरपालिका बिपि चोकमा ओम्मान ईम्पावरमेन्ट धुलिखेलका महिलाहरुले सामाजिक दुरि कायम राखी प्रदर्शन गरेका छन् । देश ब्यापि रुपमा बिरोध प्रदर्शन भइरहेकोमा आज धुलिखेलमा पनि प्रदर्शन भएको छ ।

यस प्रकारको जघन्य तथा अक्षम्य अपराधमा सामजले छुट दिन हुदैन । अाखिर कहिलेसम्म यस्तो अपराध ? लगायत विभिन्न नारा लेखिएको ब्यानर लिएर बसेका थिए ।
एसिड प्रहारमा कानुन बन्याे अब बलत्कारिलाई फासिकाे सजाय दिने कानुन निर्माणमा सचेत समुदाय सबैले बनाउन माग गरेका छन् ।

कलिलो उमेरकी चेलीको बलत्कार पछि बर्वर हत्या भएको घटनामा अझैसम्म न्याय नपाउँदा घाउ पुरिन नपाउँदै सुदूरपश्चिम प्रदेशको बझाङमा १२ वर्षीय वालिकाको बलत्कार पछि हत्या भएको कहालीलाग्दो घटनाले सवैलाई दुखीत र आक्रोशित बनाएको छ।

बझाङ मष्टा गाउँपालिका २ कि १२ वर्षीया सम्झना कामीको बलत्कार पछि हत्या गरेको घटनाको धेरै तथ्य र प्रमाण फेला पारिसकेको प्रहरीले बताएको छ । पक्राउ परेका १८ वर्षीय राजेन्द्र वोहराले नै वालिकाको बलत्कार पछि हत्या गरेको प्रमाण र तथ्य फेला पारेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: १२ असोज २०७७, सोमवार २१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु