अपाङता मैत्री शहर बन्दै धुलिखेल नगर
धुलिखेल । अपाङता मैत्री शहरको रुपमा अगाडि बढेको धुलिखेल नगरमा रोटरी क्लब अफ धुलिखेल द्वारा धुलिखेल नगरपालिका लाई व्हिलचियर हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ धुलिखेल द्वारा रु़ ११ लाख बराबरको ५० थान व्हिलचियर हस्तान्तरण गरेको छ ।
धुलिखेल नगरपालिका एक कार्यक्रमकाबीच रोटरी क्लब अफ धुलिखेलले नगर प्रमुख अशोक ब्याञ्जुलाई व्हिलचियर हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले रोटरी क्लब अफ धुलिखेल लाई धन्यवाद दिनुभयो उहाँले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार बिषयमा नगरपालिका सधैं सचेत रहेको र नेपालमै अपाङ्ग परिषद बनाउने पहिलो नगरपालिका रहेको बताउनुभयो । रोटरी क्लब अफ धुलिखेलले दिएको व्हिलचियर नगरपालिका भित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरु बितरण गर्ने जानकारी दिनुभयो ।
प्रकाशित मिति: २० असोज २०७७, मंगलवार २१:४३ बजे