धुलिखेल नगरपालिकाका मेयर व्याञ्जूमा कोरोना सङ्क्रमण

काभ्रे । नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार व्याञ्जूलाई कोरोना सङक्रमण पुष्टि भएको छ । धुलिखेल स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसीले जनस्वास्थ्य प्रयोगशाल धुलिखेलमा गरिएको परीक्षणमा उहाँमा सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँलगायत धुलिखेल नगरपालिका कर्मचारीमा सङक्रमण पुष्टि भएसँगै अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीद्धारा हस्ताक्षरित सूचनामा कार्यालयमा कार्यरत कर्मचारी र केही जनप्रतिनिधिमा कोरोना सङक्रमण देखिएकाले देखिएका व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा आएको स्वाव संकलन तथा परीक्षण गरी नतिजा नआएसम्मको लागि कातिक ५ गते सम्म नगरपालिका तथा वडाहरुबाट गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको उल्लेख छ । यसअघि वडा न १ का वडा अध्यक्षमा कोरोना सङक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: २८ असोज २०७७, बुधवार १९:१२ बजे