नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक राखिएको आफूलाई जानकारी आएको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताउनुभयो ।
केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पाैडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिनुभएकाे थियाे ।
प्रकाशित मिति: २७ कात्तिक २०७७, बिहीवार १५:५३ बजे