१८ असोज २०८१, शुक्रवार

काभ्रेमा थप ४७ जना संक्रमित थपिए ,५६ जना संक्रमणमुक्त

काभ्रे । काभ्रे जिल्लामा आज ४७ जना संक्रमित थपिएका छन् । कार्यालयका अनुसार आज ५६ जना संक्रमित संक्रमणमुक्त भएकोे जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ६ जना महिला र १० जना पुरुष, धुलिखेल नगरपालिकाबाट १३ जना महिला र १० जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना पुरुष र १ जना महिला र नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज ४७ नयाँ कोरोना संक्रमित थपिएकोे कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।

उहाँका अनुसार यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ सय ६६ पुगेको छ । त्यस्तै जिल्लमा अहिले ५ सय ३० जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै काभ्रेका संक्रमितमध्ये हालसम्म १६ सय ९ जना संक्रमणमुक्त भएको कार्यालयको विवरणमा उल्लेख छ । हालसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति: २७ कात्तिक २०७७, बिहीवार २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु