६ चैत २०८१, बुधवार

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै भएको वार्तापछि सचिवालय बैठक शुरुभएको अध्यक्षको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच करिब आधा घण्टा एक्लाएक्लै छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार दुई अध्यक्षबीचको वार्तापछि सचिवालय बैठक साढे १ बजे शुरुभएको हो ।

अध्यक्ष ओलीलाई भेटन अर्का अध्यक्ष प्रचण्ड बैठक अघि बालुवाटार पुग्नुभएको थियो । लामो समयपछि दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता भएको छ । दुई अध्यक्षको वार्ताले वातावरण सकारात्मक बनेको बुझाई नेताहरुको छ । आजको बैठकमा दुई अध्यक्षका प्रस्तावबारेमा छलफल हुने बताइएको छ । यद्यपि अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ताको माग गर्नुभएको छ ।

प्रकाशित मिति: २० मंसिर २०७७, शनिवार १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु