६ चैत २०८१, बुधवार

धुलिखेल ८ मा निसुल्क पशु स्वास्थ्य शिविर आयोजना

धुलिखेल । धुलिखेल नगरपालिकाको आयोजनामा पशुहरुमा हुने विभिन्न प्रकृतिको रोग मार्फत मानव जीवनमा पर्न सक्ने असर न्युनिकरण गर्ने उदेश्यले धुलिखेल नगरपालिका वडा नम्वर ८ का कृषकहरुका लागि एक दिने निशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ । धुलिखेल नगरपालिकाको वडा नम्बर ८ खर्कमा एक कार्यक्रमका बीच नगर प्रमुख अशोक व्याञ्जुले उक्त कार्यक्रममा सुभारम्भ गर्नु भएको थियो ।
शिविरबाट पशुहरुमा हुने विभिन्न रोगको पहिचान, रोकथाम, नियन्त्रण र ब्यवस्थापन गरिने छ’– नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो –‘पशुहरुको स्वास्थ्यलाई ध्यान दिदै नागरिकहरुलाई स्वस्थ बनाउन कृषिमा आत्मनिर्भर, बजारीकरण तथा औजार वितरण र पशुहरुको विमा तथा अन्य कार्य गरिरहेका छौं ।’ ब्यक्तिहरुले पशु मात्र पाल्ने भन्दा पनि त्यसलाई ब्यवसायीकरण गर्न नगरपालिकाले विशेष योजना बनाएको उहाँले बताउनु भयो । स्वस्थ पशुहरुको उत्पादन गरी ब्यवसायीकरण गर्न, पुँजी र प्रविधि जोड्न जरुरी रहेको बताउँदै उहाँले प्रविधिले बदल्ने जीवनलाई समृद्ध बनाउन जनशक्ति र प्रविधिको ब्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

शिविरमा गाई, भैसी, बाख्राहरुको उपचार तथा परिक्षण गरिएको धुलिखेल नगरपालिका पशुपक्षी शाखाले जानकारी दिए । धुलिखेल नगरपालिकाले भेटेनरी अस्पतालको सहयोगमा उक्त अघिल्लो पटक धुलिखेल ९ काभ्रे भन्ज्याङमा कार्यक्रम आयोजना गरेको थियो । शिविरमा पशु स्वास्थ्य चिकित्सकहरुको सहभागिता रहेको थियो । झण्डै दुुई सय भन्दा धेरै कृषकहरुले शिविरबाट लाभ लिईसकेको पशु स्वास्थ्य प्राविधिक बद्रि तिमल्सिनाले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २४ चैत २०७७, मंगलवार १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु