आकाश भैरव क्लब काभ्रे जिल्ला लिग–२०७७’को च्याम्पियन

धुलिखेल । काभ्रे जिल्लाको ‘काभ्रे जिल्ला लिग–२०७७’को दोस्रो राउन्डको फाइनलमा आकाश भैरव क्लब विजयी भएको छ । आज भएको काभ्रे जिल्ला लिग–२०७७’को फाइनल खेल आकाश भैरव क्लब धुलिखेल र बनेपा ब्वाइज क्लब (BBC) बिच भएको थियो । उक्त खेलमा अघिल्लो पटकको २०७६ मा भएको खेलमा पनि जिल्ला च्याम्पियन भएको आकाश भैरव क्लबले बनेपा ब्वाइज क्लबलाई टाईबेकरमा ५-३ पराजित गरेर यस पटकको पनि च्याम्पियन भएको छ ।
आज भएको खेलमा निर्धारित समयमा आकाश भैरव क्लब धुलिखेल र बनेपा ब्वाइज क्लब (BBC) बनेपाले १-१ गोल गरेका थिए निर्धारित समयमा खेल बराबरीमा सकिएकोले टाइबेकरमा भएको खेलमा आकाश भैरव क्लब धुलिखेल ५-३ गोलले विजयी भएको छ ।
काभ्रे जिल्ला लिग–२०७७’को फाइनल खेलमा प्रमुख अतिथि नेपाल नगरपालिका संघकाे अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुले बिजयता र उपबिजेता टिमलाई प्रमाण पत्र र सम्मान गर्नु भएको थियो । साथै काभ्रे जिल्ला लिग–२०७७’को फाइनल खेलमा विजेता टिमलाई नगद पचास हजार र उपविजेता टिमलाई नगद पच्चीस हजार पुरस्कार प्रमुख अतिथि नेपाल नगरपालिका संघकाे अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुले प्रदान गर्नुभयो ।
काभ्रे जिल्लाको धुलिखेलमा रहेको धुलिखेल सामुदायिक खेलमैदानमा २०७७ चैत १७ देखि संचालन भैरहेको ‘काभ्रे जिल्ला लिग–२०७७’ को पहिलो राउन्डको खेलमा बनेपा फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको पहिलो र दोस्रो राउन्डको खेलमा जिल्ला भरिका १४ वटा क्लबले भाग लिएका थिए । पहिलो र दोस्रो चरण गरेर ३० वटा खेल भएको छ ।
उक्त खेलमामा आकाश भैरव क्लबको क्याप्टेन प्रबिन भन्डारीले एक गोल गरेका थिए भने बनेपा ब्वाइज क्लब (BBC)को समन श्रेष्ठले एक गोल गरेका थिए ।
अब हुने प्रदेश स्तरीय लिगमा काभ्रे जिल्लाको विजेता आकाश भैरव क्लबले भाग लिने छ ।
प्रकाशित मिति: ३१ चैत २०७७, मंगलवार २१:५५ बजे