१ चैत २०८१, शनिवार

नयाँ युवा नयाँ सोच ” सेवा समाज जिल्ला इकाई काभ्रेले धुलिखेलमा गर्यो सरसफाई कार्यक्रम

धुलिखेल । “परिवर्तित युवा; परिवर्तित सोच; परिवर्तित राष्ट्र” भन्ने मुल नाराका साथ आज २०७७ साल चैत ३१ गते शनिबारका दिन “नयाँ युवा नयाँ सोच सेवा समाज ,जिल्ला इकाई काभ्रे द्वारा २०७७ साललाई विधाई गर्दै र नव वर्ष २०७८ लाई स्वागत गर्दै , धुलिखेल नगरपालिका अन्तर्गत हजार सिडिमा प्लाष्टिकजन्ने फोहोर र वरिपरि रहेका अन्य फोहोर पत्कर लाई व्यवस्थापन गरेर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ वर्षलाई सफा र समृद्धिका साथ स्वागत गर्दै “स्वस्थ सहर स्वस्थ धुलिखेल” हजार-सिँडि सरसफाई अभियान सञ्चालन गरेका हुन् । उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाले आथिक सहयोग गरेको थियो । दिपक खत्रिको अध्यक्षतामा कायक्रम शुभारम्भ गरिएको हो।

कार्यक्रममा विभिन्न संस्था तथा क्लबका गरि ६८ जना युवाहरुको सक्रिय सहभागिता थियो । उक्त उपस्थितिमा यूवाहरुले आफ्नो आफूले सक्ने सहयोग गरेर वातावरणलाई स्वास्थ पार्न भूमिका खेलेका थिए ।

धुलिखेल नगरकाे युवाप्रेमी ओम श्रेष्ठ,रमन यगोल श्रेष्ठहरुकोको पनि उपस्थिति थियो। उक्त कार्यक्रममा सम्बोधन गर्दै ओम श्रेष्ठले भन्नुभयो धुलिखेल हजार सीडी भनेको पर्यटकीयस्थल हो यहाँ बाह्य र आवासीय पर्यटकहरु धुम्न आउछन र विभिन्न कला संस्कृति भएको यस क्षेत्रलाई हामीले सदैव सफा सुन्दर राख्न जरुरी छ भन्दै भोलीका दिनहरुमा पनि मैले व्यक्तिगतरुपमा र संस्थागतरुपमा सहयोग सल्लाह दिई रहनेछु बताउनुभयो।

“युवा भनेको देशलाई एउटा मार्गदर्शन गर्ने बलियो आधार हुन् ।” यसरि जागरुक भई सक्रियताका साथ विभिन्न समस्या परेका विभिन्न क्षेत्रमा कार्यक्रम गरिरहँदा युवा पुस्तामा पनि एक जाँगरको भाव देखिएको छ ।भर्खरका युवायुवतीहरुलाई यसरी काम गर्दै गर्दा निकै रमाइलो र समाजप्रति हामीले गर्नुपर्ने दायित्व हो भन्ने मानसिकताले भएको भन्ने उपस्थित हुनुभएका युवाहरुले बताउनुभयो। साढे ७ देखि बाट सुरु गरिएको कार्यक्रम १०बजे सम्पन्न गरिएको थियो। कार्यक्रममा उपस्थित भई काम गर्नुहुने सबैलाइ माक्र्स र गप्स व्यवस्था रहेको थियो।

उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष खत्रीले भोलीका दिनहरुमा पनि युवा लक्षित कार्यक्रमहरु हामी गरिरहनेछौँ हामी युवाहरु एक जुट्का साथ र सहयोग विभिन्न कार्यक्रमहरु गर्नुपर्छ ,हामी युवाहरु नै सामाजिक सेवा गर्दै देशको विकास गर्नुपर्छ भनेर बताउनुभयो। पर्यटकीय क्षेत्रको प्रवर्द्धन सरसफाइ गर्नु ,हामी युवा जनशक्तीको कर्तव्य हो
आयोजना गरिएको आयोजक समितिका सचिव पवन गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ३१ चैत २०७७, मंगलवार २२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु