काभ्रे जिल्लामा २० दिनमा ९३० जनामा कोरोना संक्रमण,

काभ्रे । काभ्रे जिल्लामा बुधबार साँझसम्म कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ८ सय ५६ पुगेको छ । बुधबार मात्रै ९१ जना संक्रमित भएका छन् भने २ जनाको निधन भएको छ । संक्रमण भएर घरमै बसिरहेका विरामीहरुको पनि निधन हुन थालेका छ । अस्पतालमा विरामीको चाप बढ्न थालेको छ ।
कोरोना संक्रमणको दोश्रो चरण शुरु भए लगत्तै जिल्लामा प्रशासनको निगरानी र नागरिकहरुको सचेतना बढेको थियो । निषेधाज्ञा जारी छ तर नागरिकहरुको हेलचेक्रयाई बढिरहेको छ । बढ्दो हेलचेक्रयाईका कारण संक्रमण बढ्न थालेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।
बुधबारसम्म दोश्रो चरणको संक्रमणबाट निधन हुनेहरुको संख्या १ सय ३३ पुगेको छ । पहिलो चरणमा ६४ जनाले ज्यान गुमाएका थिए । सर्वसाधारणले प्रशासनले निषेधाज्ञा कडाई नगर्ने हो भने संक्रमणबाट ठुलो क्षति हुन सक्ने बताउन थालेका छन् । साउन महिनामा मात्रै संक्रमण हुनेहरुको संख्या ९ सय ३० रहेको छ । साउन महिनामा ७ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाईरसको संक्रमण न्युनिकरणका प्रयास सफल हुन सकेका छैनन । सरकारले विभिन्न देशबाट ल्याएको खोप लगाउने कार्य सूचारु भए पनि नागरिकहरुमा फैलिएको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । विशेषगरी अग्रपक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु त्यसको जोखिममा परेका छन् । एउटै ब्यक्तिलाई दुई पटक संक्रमण सामान्य जस्तै देखिए पनि तेश्रो पटक संक्रमण देखिन थालेको छ ।
पटक पटक एउटै ब्यक्तिलाई संक्रमण हुनु गम्भिर भएको चिकित्सकहरुले बताएका छन् । धुलिखेल नगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई तीन पटक संक्रमण भएको छ । दुई पटक खोप लगाएको अवस्थामा पनि संक्रमण देखिएकाले नागरिकहरु सचेत रहनु पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
खोपकै कारण उहाँमा देखिएको तेश्रो पटकको संक्रमणले अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन् । धुलिखेलमा मात्रै तीन जना ब्यक्तिमा तेश्रो पटक संक्रमण देखिएको छ । बनेपा र आसपासका क्षेत्रमा केहि नागरिकहरुलाई तेश्रो पटक संक्रमण देखिन थालेको छ ।
बजारमा भएको भिडभाड, नागरिकहरुको हेलचेक्रयाई र भाईरसले बदल्दै गएको स्वरुपले संक्रमण फैलदै जान थालेको हो । जिल्लामा दोश्रो चरणमा साउन ८ गतेसम्म १ सय ३१ जनाले कोभिडकै कारण ज्यान गुमाएका छन् । पहिलो चरणमा ६४ जनाले ज्यान गुमाएका थिए । न्युज अफ नेपालबाट
प्रकाशित मिति: २० साउन २०७८, बुधवार २१:२८ बजे