६ चैत २०८१, बुधवार

अनेरास्ववियु धुलिखेलले गर्यो राजनिति र देश विकासमा युवाको भुमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता

धुलिखेल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धुलिखेल नगर कमिटिले धुलिखेल नगर मावि स्तरिय “राजनिति र देश विकासमा युवाको भुमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
विभिन्न धुलिखेल नगर भित्रका सामुदायिक र प्राइभेट मावि गरेर २० वटा विद्यालय वाट २३ जना विद्यार्थीको सहभागि रहेको कार्यक्रममा सञ्जिवनि क्याम्पस , धुलिखेल वाट सहभागि नारायणी न्यौपानेले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ ।

राजनिति र देश बिकासमा युवाको भुमिका विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले आ-आफ्नो तर्फबाट उत्कृष्ट प्रस्तुती गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष अशोक कुमार व्याञ्जु श्रेष्ठ , अतिथिहरुमा नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य , अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा अनेरास्ववियु काभ्रे जिल्ला कमिटी इन्चार्ज शालिकराम पराजुली , नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य , अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा अनेरास्ववियु काभ्रे जिल्ला कमिटी सह इन्चार्ज हरिश्चन्द्र घिमिरे , अनेरास्ववियु काभ्रे जिल्ला कमिटी अध्यक्ष अशोक खनाल , अनेरास्ववियु काभ्रे जिल्ला कमिटी उपाध्यक्ष हेमराज हुमागाई , अनेरास्ववियु काभ्रे जिल्ला कमिटी सचिव मिलन कुमार गौतम , अनेरास्ववियु काभ्रे जिल्ला कमिटी सँगठन विभाग प्रमुख दिपेश तिमल्सिना , नेकपा एमाले धुलिखेल नगर कमिटि सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटि अध्यक्ष सिवि तामाङ , अनेरास्ववियु पनौती नगर कमिटि अध्यक्ष गुन्जन बञ्जारा , अनेरास्ववियु बेथानचोक गाउ कमिटि अध्यक्ष दिपेश केसि , अनेरास्ववियु काभ्रे जिल्ला कमिटी सदस्य सविन घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा निर्णायक सँयोजकको भुमिकामा रामचन्द्र भट्टराई र सदस्यहरुमा हरिश्चन्द्र घिमिरे र सिवि तामाङ रहेर निर्णायकको भूमिका निर्वाह गरिदिनु भएको थियो ।

कार्यक्रम उपस्थित सम्पूर्ण प्रतिस्पर्धि विद्यार्थीहरुलाई हौसला स्वरुप प्रमाण पत्र प्रदान गरिएको थियो भने तृतिय स्थान हासिल गर्न सफललाई नगद एक हजार र प्रमाणपत्र , द्वितीय स्थान हासिल गर्न सफललाई नगद दुइ हजार र प्रमाणपत्र र प्रथम स्थान हासिल गर्न सफललाइ तिन हजार र ट्रफि प्रदान गरिएको थियो ।
साथै निर्णायकको भूमिकामा रहि बस्नु भएका निर्णायकहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सभाध्यक्ष अनेरास्ववियु धुलिखेल नगर कमिटि अध्यक्ष प्रभुराम धितालले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन अनेरास्ववियु धुलिखेल नगर कमिटि सचिब सुबोध धिमालले गर्नु भएको थियो ।


प्रकाशित मिति: २० फागुन २०७८, शुक्रवार २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु