६ चैत २०८१, बुधवार

एमालेको लोगो परिमार्जन, सूर्यभित्र सुनौला रङको हँसिया हथौडा

काठमाडौं । नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो ।

अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो ।

अब यो लोगो नै पार्टीको आधिकारिक हुने पौडेलले बताए |
श्रोत: नेपाल प्रेस

प्रकाशित मिति: १७ असोज २०७८, आइतवार १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु